‘कुर्तिको तुनैमा’ गीत बजारमा

काठमाडौं । चर्चित नायिका प्रियंका कार्की अभिनित ‘कुर्तिको तुनैमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रियंका कार्की र नब नायक जय रसाइलीको अभिनय रहेको छ । उक्त गीतमा संगीत चर्चित संगीतकार सरोज पोख्रेलले दिएका छन भने सुमन केसि र सरला बिसिको आवाज रहेको छ ।

सत्यराज चौलागाईं, भक्त गाडालको शब्द रहेको गीतमा संगीत संयोजन उदर राज पौडेलको रहेको छ । भिडियालाइ अहिलेका चर्चित कोरोयोग्राफर तथा निर्देशक मन्दिप रानाले निर्देशन गरेका हुन । नयन पोस्ट सङ्ग कुरा गर्दै रानाले भने ‘कोरोनाको कहरमा पनि आसा लाग्दो गीत आएको छ मलाई लाग्छ अरु कामलाइ जस्तै यो कामलाइ पनि दर्शक स्रोताले माया गरिदिनु हुन्छ ’ ।

यती धेरै खर्चिलो काम कोरोनाको बिचमा कसरी आट गर्नु भयो हाम्रो प्रश्नको जबाफ दिदै रानाले भने ‘यो हाम्रो बाध्यता हो कोरोनाको बिचमा पनि काम गर्नै पर्छ तर हामीले पुर्ण रुपमा सजकता अपनाएर काम गरेका छौ’ । फेरि हामीले ठुलो टिम देखिन्छ लगानी कति लाग्यो भनेर सोधेको प्रश्नमा उत्तर दिदै भने ‘ लगभग चार लाख लगानीमा यो भिडियो तयार भएको छ’ । आसा छ यो गीतले पनि राम्रै सफलता पाउने छ ।

भिडियो हेर्नुहोस ः