देशभर ३६३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा १२४९ महिला र २३८८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । उनीहरुमध्ये ८१२ जनाको मृत्यु भएको छ भने १ लाख २ हजार ८२० जना संक्रमणमुक्त भएका छन् ।  छिल्लो २४ घण्टामा मात्र ३२१५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  देशभर ४४ हजार ८७७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २६९ जनाको आईसीयू र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।  मन्त्रालयका अनुसार काठमाडौं उपत्यकमा मात्र १५५२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८३, ललितपुरका १५७ र भक्तपुरका ११२ जना छन् ।

यस्तै मोरङका ६७० जना, सुनसरीका २२६, रुपन्देहीका १२६, मकवानपुरका १०१, झापाका ८८, चितवनका ८३, कास्की र दाङका ५४र५४ जना, धादिङका ५२, कैलालीका ४५, नुवाकोटका ४३, गोरखा र कपिलवस्तुका ३४र३४ जना, सिन्धुपाल्चोकका ३०, दैलेखका २५, धनुषाका २४, सप्तरीका २३, बारा र गुल्मीका २१र२१ जना, पर्सा र नवलपुरका १९र१९ जना, अर्घाखाँचीका १३, उदपयुरका १२ तथा रामेछाप र लमजुङका ११र११ जनामा संक्रमण देखिएको छ ।

सिराहा र तनहुँका १०र१० जना, काभ्रेका ९, दोलखा, अछाम र बैतडीका ७र७ जना, रौतहट, सर्लाही, पर्वत र स्याङ्जाका ६र६ जना, धनकुटा र रुकुम पश्चिमका ५र५ जना, ओखलढुंगा, महोत्तरी र सल्यानका ४र४ जना, डोल्पा, कञ्चनपुर र कडेडधुराका ३र३ जना, खोटाङ, बाग्लुङ, सुर्खेत र दार्चुलाका २र२ जना तथा इलाम, पाँचथर, सोलखुम्बु, रोल्पा, कालीकोट, जाजरकोट, मुगु डोटी र बाजुराका १र१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।