शुक्रबारदेखि पाँच दिन कोभिड–१९ को प्रेस ब्रिफिङ नहुने

काठमाडौं । गत चैतदेखि दैनिक रूपमा हुने गरेको कोरोनाभाइरस सम्बन्धी प्रेस ब्रिफिङ पाँच दिन नगरिने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दशैं विदा हुने भएकाले शुक्रबारदेखि मंगलबारसम्म प्रेस ब्रिफिङ नगरिने जानकारी दिएका हुन ।  ‘बुधबारदेखि परिष्कृत रूपमा मिडिया ब्रिफिङ गर्नेछौं,’ उनले भने।

अपरान्ह सवा ४ बजेपछि दैनिकरुपमा हुने उक्त ब्रिफिङमा पछिल्लो २४ घन्टामा थपिएका कोरोना संक्रमित , निको भएका र मृत्यु भएकाहरुको विवरणसहित अन्य गतिविधिबारे जानकारी दिने गरिएको थियो ।

प्रेस ब्रिफिङ नभए पनि अन्य माध्यमबाट कोरोनाको तथ्यांक जानकारी दिइने प्रवक्ता गौतमले बताए ।