बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत संक्रमण पुष्टि भएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

पछिल्लो केही दिनदेखि सामान्य रुघाखोकीपछि मुख्यमन्त्री पौडेल होम आइसोलेसनमा रहेका थिए।