प्रदेश २ मा ९३ कोरोना संक्रमित थपिए

जनकपुर । प्रदेश २ का विभिन्‍न जिल्लामा बिहीबार ९३ जना कोरोना संक्रमित थपिएका छन् ।

धनुषामा २३ जना, महोत्तरीमा चार जना, सिरहामा चार जना, बारामा १७ जना, पर्सामा १८ जना, रौतहटमा चार जना, सप्तरीमा २० जना र अन्य जिल्लामा तीन जना संक्रमित थपिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ३० जना संक्रमित कोरोनामुक्त भएको विज्ञप्तीमा उल्लेख छ ।

प्रदेशमा १५ हजार एक सय ८२ जना संक्रमित भएकोमा ती मध्ये १३ हजार ७२ जना कोरोनामुक्त भइसकेको छ । प्रदेश २ मा कोरोनाको कारण मृत्यु हुनेको संख्या एक सय ६३ पुगेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ