जङ्‍गलमा एक पुरुषको शव फेला

काभ्रे । काभ्रेको बनेपा नगरपालिका ११ मा रहेको सिनागालको जङ्‍गलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका अपाङ्‍ग अस्पतालभन्दा माथिको जङ्‍गलमा फेला परेको अन्दाजी ३०÷३५ वर्षीय पुरुषको शवको अझै पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए ।

शवलाई अहिले धुलिखेल अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा घटना शङ्‍कास्पद रहेको प्रहरीले जनाएको छ ।