कोरोनाका बिरामीको उपचार गाँजाबाट हुनसक्छ : वैज्ञानिक

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट गम्भीर बनेका बिरामीको गाँजाबाट उपचार हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।

अमेरिकास्थित साउथ यारोलिना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

वैज्ञानिकहरुले यसबारेमा तीनवटा अध्ययन गरेका थिए । तीनै अध्ययनमा गााँजाको माध्यमबाट कोरोनाका गम्भीर बिरामीलाई उपचार हुनसक्ने निष्कर्ष निकालिएको छ । यद्यपि यो अन्तिम निष्कर्ष भने होइन ।

वैज्ञानिकहरुका अनुसार गाँजामा हुने टिएचसी नामक पदार्थले कोरोना संक्रमितको उपचार हुने सम्भावना छ । उक्त पदार्थले मानिसलाई खतरनाक इम्युन पावरबाट बचाउँछ ।  डेलिमेलले तयार पारेको समाचारका अनुसार शुरुमा मुसामा यसको प्रयोग गरिएको थियो । शुरुमा मुसामा एक टक्सिन दिएर टिएचसी प्रयोग गरिएको थियो ।

उक्त मुसा बाँचेको थियो र अन्य मुसा मरेका थिए । यसबारेमा वैज्ञानिकहरुले थप अनुसन्धान गरी अन्तिम निष्कर्ष निकाल्ने बताएका छन् । अमेरिकाका धेरै राज्यमा गाँजाको प्रयोग वैधानिक मानिए पनि कैयन् राज्यले प्रतिबन्ध लगाएका छन् । नेपालमा पनि गाँजाको प्रयोगलाई अवैधानिक मानिँदै आएको छ ।