मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

विराटनगर । सुनसरी रामधुनी २, शिवनगरस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी २, शिवनगरका २४ वर्षीय निमेश चौधरी र मोटरसाइकलपछाडि सवार सोही ठाउँका २३ वर्षीय जीवन चौधरी रहेको प्रहरीले जनाएको छ ।

हिजो राति साढे ८ बजे को।२६प ५६५१ नम्बरको मोटरसाइकलले साइडमा रोकिराखेको को।२त ९८७६ नम्बरको ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मोटरसाइकल चालक निमेश र पछाडि सवार जीवन सख्त घाइते भई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा उपचाकै क्रममा राति १० बजेतिर मृत्यु भएको बताइएको छ ।