१० जना जुवाखालबाट पक्राउ

काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय यादवसहित १० जना जुवा खालबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले रायसहित १० जनालाई हिजो जुवा खालबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट एक लाख ५३ हजार ५ सय रुपैयाँ बरामद भएको छ ।

राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री बनेका थिए । पछिल्लो समय उनी राजनीतिमा सक्रिय थिएनन् ।