एकैदिन २९३३ कोरोना संक्रमित थपिए

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ९३३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९३३ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार १५० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ३७ हजार ९९२ जना डिस्चार्ज भएका छन् ।

देशभरका प्रयोगशालाहरुमा हालसम्म १४ लाख ६९ हजार ८१२ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर दुई हजार ११९ जना क्‍वारेन्टिनमा रहेका छन् ।  यससँगै कुल संक्रमितको संख्या एक लाख ७६ हजार ५०० पुगेको छ ।

शनिबार देशभर दुई हजार ५०८ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार २६४ जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।

आइतबार देशभर दुई हजार ८२४ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार ६२० जना डिस्चार्ज भएका थिए । आइतबार देशभर कोरोना भाइरसको संक्रमणबाट २३ जनाको मृत्यु भएको थियो ।