अभिनेत्री दीपिकाकी म्यानेजर करिश्मा फरार

 

मुम्बई । अभिनेत्री दीपिका पदुकोणकी म्यानेजर तथा क्‍वान ट्यालेन्ट हाउसकी करिश्मा प्रकाश फरार भएकी छन् ।

एनसीबीले उनको घरबाट दुई बोतल सीबीडी ओयल (लागुऔषध) र १.७ ग्राम चरेस फेला पारेको थियो । एनसीबीले सोधपुछका लागि उनलाई बारम्बार बोलाउँदा पनि उनी एनसीबीमा अनुपस्थित भएकी हुन् र हाल उनी सम्पर्क बिहिन छन् ।

हालको लागुऔषध मुद्दालाई विस्तृत रुपमा अनुसन्धान गरिरहेको एनसीबीले अन्ततः करिश्माकी आमा र क्वानकी मालिकलाई बोलाएर पत्र बुझाएका छन् ।  भारतीय सञ्‍चारमाध्यमका करिश्माका क्वानका सहकर्मीहरुसँग पनि एनसीबीले सोधपुछ गरिसकेको छ ।

अभिनेत्री दीपिका पादुकोण र करिश्मा प्रकाशको ह्वाट्सएपमा शंकास्पद च्याट पछि एनसीबीले करिश्माविरुद्ध अनुसन्धान जारी गरेको हो ।

बयानमा दीपिकाले चुरोटलाई उनीहरुले कोड शब्द प्रयोग गर्ने गरेको भन्दै चुरोट सेवन गर्ने कुरा स्वीकारे पनि लागुऔषध भने कहिले सेवन नगरेको बताएकी थिइन्