बीपी प्रतिष्ठान धरानमा उपचाररत संक्रमितको एक युवकको मृत्यु

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ ।

सप्तरीको महादेवा–६ घर भई हाल धरान– १८ मा बस्दै आएका ३० वर्षीय युवकको सोमबार साँझ ५ः४० बजे मृत्यु भएको हो । प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार पीसीआर परीक्षण गराउँदा सोमबार नै मृतकको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तर थप उपचारका लागि कोभिड अस्पताल भर्ना गर्न नपाउँदै संक्रमितको मृत्यु भएको डा.श्रेष्ठले बताए । ती युवामा कुनै दीर्घ रोग पनि नभएको उनले बताए ।