हुन्‍डीको १ करोड रकमसहित ३ जना पक्राउ

काठमाडौं । अवैध कारोबार हुन्‍डीको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी) को टोलीले ओमबहालबाट हिजो साँझ उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक करोड रुपैयाँ बरामद भएको सीआईबी प्रमुख (डीआईजी) सहकुल थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल छन् । रकमबारे थप अनुसन्धान जारी रहेको डीआईजी थापाले बताए ।