उपत्यका कोरोना अपडेट : थप १४६८ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालले काठमाडौं उपत्यकामा ६४९ जना महिला र ८१९ जना पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

जसमध्ये काठमाडौंमा १२४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको हो ।

योसहित नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १००४ पुगेको छ ।