रातो हाब्रेको छालासहित ४ जना पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालले दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको कोहलपुरस्थित न्यु राप्ती गेस्टहाउसबाट आज बिहान साढे १० बजेतिर रातो हाब्रे (रेडपान्‍डा) को छालासहित अभियुक्तलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काका अनुसार होटेलमा रातो हाब्रेको छालाको मोलमोलाई भइरहेको सूचनाका आधारमा ग्राहक बनेर सादा पोसाकमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लालबहादुर नेपाली, गणेश नेपाली, उमेशबहादुर थापा र दिनेश कार्की छन् ।