सिटीको लगातार तेस्रो जित

एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेलमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले ओलम्पिकोमाथि ३(० गोलको सहज जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन फरान टोरेस, ग्राबियल जिजस र जाओ कन्केलोले एक(एक गोल गरे । खेलको १२औं मिनेटमा टोरेसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल गरेको हो । खेलको ८१औं मिनेटमा जिजसले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ९०औं मिनेटमा सिटीका लागि कन्केलोले गोल गर्दै टिमलाई ३(० गोलको जित दिलाए ।

जितसँगै सिटीले ३ खेलबाट ९ अंक जोडेको छ । सिटी समूह सीको शीर्ष स्थानमा छ । पराजित ओलम्पिको ३ अंकसाथ तालिकाको तेस्रो स्थानमा छ ।