काठमाडौं उपत्यकामा थपिए १८७८ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी जम्मा १८७८ जना संक्रमित थपिएका छन् ।