होम आइसोलेसनमा बसेका संक्रमितसँग टेलिकम्युनिकेसनको व्यवस्थापन गर्नुपर्ने

काठमाडौं । कोभिड प्रयोगशाला सञ्‍चालन गर्ने सबै अस्पताल र मेडिकल कलेजहरुले कोरोना पोजेटिभ आएर होम आइसोलेसनमा बसेका कोरोना भाइरस संक्रमितसँग टेलिकम्युनेकेसन वा टेली काउन्सिलिङ गनुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अस्पतालबाहेका प्रयोगशालाहरुले कुनै सरकारी तथा निजी अस्पतालसँग समन्वय गरेर टेलिकम्युनिकेसन वा टेली काउन्सिलिङ व्यवस्थापन गर्नुपर्ने बताए ।

यसैगरी नेपाल प्रहरी अस्पताललाई तीन सय शय्याको अस्थायी कोभिड अस्पताल बनाउन स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ ।