अमेरिकी राष्ट्रपति निर्वाचनमा जोए बाइडेन अगाडी

एजेन्सी । अमेरिकी चुनावमा विभिन्न राज्यहरुबाट प्राप्त मतको प्रारम्भिक नतिजा आए पनि निर्णायक राज्यहरुको मतपरिणाम आउन बाँकी नै छ।

डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जोए बाइडेनले २ सय ३८ इलेक्टर मतका साथ अग्रता कायमै राखेका छन् भने वर्तमान राष्ट्रपतिसमेत रहेका रिपब्लीकन उम्मेद्वार डोनाल्ड ट्रम्पले २ सय १३ इलेक्टर मतका साथ पछ्याइरहेका छन्।

कडा प्रतिस्पर्धाबीच भइरहेको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा दुबै उम्मेद्वारले आफ्नो जीत हुने दाबी गरिरहेका छन् तर पनि यो ५३८ मत मध्ये आधारमा बाँडिएको छ ।

अमेरिकाका धेरै राज्यहरूको चुनावी परिणाम र प्रवृत्ति पहिले नै अनुमान गर्न सकिने भए पनि अझै कुन पार्टीमा मत जान्छ भन्ने आकलन गर्न कठिन हुने ‘स्वीङ स्टेट’ हरू छन् । यी राज्यहरू नै राष्ट्रपति चुनावमा निर्णायक हुन्छन् ।

मतगणना जारी रहँदा रिपब्लिक तर्फका उम्मेद्वार राष्ट्रपति डोनाल्ड ट्रम्प या डेमोक्र्यार्टीक पार्टीका उम्मेद्वार जो बाइडेनको भाग्य फैसला गर्न ती राज्यहरुको मतगणना कुनुपर्ने भएको छ।

यसपटक अग्रिम मतदान गर्ने प्रबन्ध तथा हुलाकबाट धेरै मतदान भएकाले प्रारम्भिक नतिजाले मात्र अन्तिम परिणामको अनुमान लगाउन सकिने अवस्था छैन ।

अमेरिकामा जटिल प्रकारको निर्वाचन प्रणाली र परिणामको व्यवस्था रहेकाले चुनावी परिणाम आकलन गर्न कठिन हुन्छ । द्वि(दलले मत धेरै प्राप्त गरे पनि स्वतन्त्र उम्मेदवारहरूले राज्यहरूको मत परिणाममा असर पुर्‍याउन सक्छन् ।

कुल ५३८ इलेक्टोरल कजेल हुन्छ । यो ५३८ सिट ५० राज्यहरूमा जनसंख्या अनुपातको आधारमा बाँडिएको छ । अमेरिकामा इलेक्टोरल कजेलको व्यवस्था संविधानको धारा–११ बमोजिम भएको हो, जुन सन् १८०४ को संविधानको १२औँ संशोधनपछि व्यवस्था भएको हो ।

अमेरिकी ८ राज्यहरूमा सबैभन्दा कम इलेक्टोरल संख्या ३ रहेको छ । डिस्ट्रिक अफ कोलम्बिया, अलस्का, भोरमेन्ट, डेलाबर, बेइमिङ, नर्थ डेकोटा, साउथ डेकोटा र मोन्टानाबाट ३–३ इलेक्टोरल मत आउँछ । सबैभन्दा धेरै इलेक्टोरल कलेज संख्या ६ करोडभन्दा बढी जनसंख्या रहेको क्यालिफोर्नियामा रहेको छ ।

त्यस्तै, दोस्रो टेक्सासमा ३८ मत तथा फ्लोरिडा र न्युयोर्कसँग समान २९–२९ सिट छ । इलिनोइस र पेन्सिनभेनियासँग २०–२० इलोक्टोरल कलेज छ । इलेक्टोरल संख्या जसले अमेरिकी राज्यहरूमा धेरै लोकप्रिय मत ल्यायो उसैकोमा जान्छ ।

राज्यहरूको आवश्यक प्रक्रिया पूरा भएपछि आगामी ६ जनवरीमा सबै राज्यहरूको इलेक्टोरलको मत संघीय राजधानी वासिङ्टन डीसीमा अमेरिकी कंग्रेसमा मत गणना गरी औपचारिक चरण पूरा हुन्छ । सम्पूर्ण चरण पार गरेपछि २० जनवरीमा अमेरिकी नयाँ राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउँछन् ।

प्रारम्भिक मतपरिणामले आशावादी बनेका डेमोक्रेटिक उम्मेदवार जो बाइडेनलाई पछि पार्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडा, ओहाओ, आइवाको जितसँगै पुनः राष्ट्रपतिमा दोहोरिने सम्भावना बलियो बनेको छ । डेमोक्रेटले आशा गरेका जर्जिया र नर्थ क्यारोलाइनामा पनि रिपब्लिकनले पकड कायम राखेका छन् ।