साम्राज्ञी खेलिन प्रेमीसँग म्युजिक भिडियो

काठमाडौं । पछिल्लो समयकी हिट अभिनेत्री हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । फिल्म अभिनयमार्फत् उनले दर्शकमा ठूलै क्रेज बनाएकी छन् ।

फिल्म क्षेत्रकी हिट अभिनेत्री साम्राज्ञी पहिलो पटक म्युजिक भिडियो अभिनयमा देखिएकी छन् । उनले नेहा राज्यलक्ष्मी शाहको स्वर रहेको गीत ‘तिमी र म’ बोल माथि बनेको म्युजिक भिडियोमा अभिनय गरेकी हुन् । साम्राज्ञीलाई भिडियो अभिनयमा पुरूष मोडलको रूपमा देवाङ्कस राणाले साथ दिएका छन् । गायिका नेहा भने साम्राज्ञीकी आमा हुन् ।

आमाको गीतभन्दा पनि गीतै राम्रो लागेर आफूले म्युजिक भिडियो अभिनय गरेको साम्राज्ञीले बताएकी छन् । रमेश एमके पौडेलको प्रस्तुतिमा निर्माण भएको भिडियोका निर्देशक विषेशदेव पाण्डे हुन् । गीतमा बिराज गौतमको शब्द तथा संगीत रहेको छ ।

गायिका नेहाको यस अगाडि ‘मेरो मनको सपना’ र ‘फूली फूल्यो’ बोलको गीतले राम्रै चर्चा पाएको थियो ।