देशभर २४ घण्टामा थपिए ३०५१ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६५१४ रहेको छ ।