आज कोरोना संक्रमणमुक्त भइन् अभिनेत्री ऋचा शर्मा

काठमाडौं । नायिका ऋचा शर्मा कोरोना भाइरस संक्रमणमुक्त भएकी छिन् ।

३ हप्ताअघि पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । ऋचाले सामाजिक सञ्जलमार्फत आफू कोरोना भाइरसबाट संक्रमणमुक्त भएको बताएकी हुन् ।

‘कोरोनाको यस महामारी एक अटुट सत्य हो र यसबाट सकेसम्म आफु र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सबैको दायित्व,’ ऋचाले लेखेकी छिन्, ‘भयावह अवस्थाबीच म पनि कोरोना संक्रमित हुन पुगेँ ।’  उनले विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटूट सत्य भएको र यसबाट सकेसम्म आफू र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व भएको बताएकी छिन् ।

पढेर या परेर जानिने भन्दै ऋचाले भनेकी छिन्, ‘यस भयावह अवस्था बिच म पनि कोरोना बाट संक्रमित हुन पुगेँ । पछिल्लो तीन हप्ता देखि सेल्फ क्वारेन्टिनमा बसी अब सम्पूर्ण रुपमा स्वथ्य भएको छु कोरोनाको बारे हामीलाई अझै सम्पूर्ण ज्ञान नभएको, नयाँ फाइंडिंगहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलिँदा आफू तथा आफ्नो परिवारको सुरक्षा गर्न म तपाईहरु सबैलाई विनम्र अनुरोध गर्छु ।’