नेकपा फुटाउने सपना नदेख्दा पनि हुन्छ : वरिष्ठ नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा फुटाउने सपना नदेख्न आग्रह गरेका छन् ।

धुम्बाराही बैठकपछि बाहिरिनेक्रममा उनले यस्तो बताएका हुन् ।

“नेकपा फुटाउने सपना नदेखे हुन्छ । त्यति कमजोर धरातलमा छैन । सचिवालय सदस्य जति अनौपचारिक छलफलमा उपस्थित छौं । यो पार्टी एकताको लागि जुटेका हौं, फुटाउने सपना कसैले नदेखे हुन्छ,” उनले भने ।