मेस्सीको दुई गोलमा बार्सिलोनाको शानदार जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल बेटिसलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक–एक गोल थपे ।

जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ । तेस्रो जित निकालेको बार्सिलोना आठौं स्थानमा उक्लिएको छ । बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ ।