काबुल बिस्फोटमा पत्रकारसहित तीनको मृत्यु

एजेन्सी । काबुलमा शनिबार भएको विष्फोटमा एक पत्रकारसहित तीन जनाको मृत्यु भएको छ ।

विस्फोट विद्रोही तालिवान समूहले गराएको हुनसक्ने प्रहरीलाई उद्धृत गर्दै अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले जनाएको छ ।

उक्त आक्रमणमा पत्रकार यम सियावाससहितको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म आक्रमणको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन ।