२४ घण्टामा थप २८१७ जनामा  कोरोना संक्रमण पुष्टि

  
काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ८१७ संक्रमित फेला परेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८१७ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ८१२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख६ ५७ हजार ९२७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ८१ दशमलव १ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ३११ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १५ लाख ४० हजार ७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।  देशभरका संस्थागत आइसोलेसनमा ६ हजार २२२ जना र होम आइसोलेसनमा २९ हजार १९७ जना रहेका छन् । आजसम्म देशभर एक हजार १४९  जना क्‍वारेन्टिनमा रहेका छन् ।  यससँगै कुल संक्रमितको संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ ।