काठमाडौं उपत्यकामा १५३३ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ५३३ कोरोना संक्रमित थपिएका छन् । जसमा ७१० महिला र ८२३ पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार काठमाडौंमा एक हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ कोरोना भाइरस संक्रमित थपिएका हुन् ।

काठमाडौंमा मात्र हालसम्म १५ हजार ५२२ सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् भने २७२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार १२९ जना सक्रिय संक्रमित रहेका छन् भने ७१ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार २०६ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६७ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा ११ हजार ३६८ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७५२ र ललितपुरमा एक हजार ८०३ जना होम आइसोलेसनमा रहेका छन् ।