रोनाल्डोको गोलमा युभेन्टसको बराबरी

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ ।

आइतबार भएको खेलमा युभेन्ट्सले लाजियोसँग १-१ गोलको बराबरी खेलेको हो ।

लाजियोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टस बराबरीमा रोकिएको हो ।

पहिलो हाफको १५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

तर, खेलको इन्जुरी समयमा फिलिपे सियासेडोले गोल गर्दै लाजियोलाई हारबाट जोगाए । कोरेयाको पासलाई उनले सदुपयोग गरे ।

बराबरीसँगै युभेन्टस लिगको तेस्रो स्थानमा छ । उसको ७ खेलबाट १३ अंक जोडेको छ । लाजियो भने ११ अंकसहित नवौं स्थानमा छ ।