कोरोना संक्रमणबाट कैलालीमा २ जनाको मृत्यु

कैलाली । कैलालीमा कोरोना संक्रमणबाट सोमबार बिहान २ जनाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

२० गते कोरोना पुष्टि भएका टीकापुरका पुरुष होम आइसोलेसनमा बसिरहेका थिए ।

होम आइसोलेसनमा रहेकै बेला उनको मृत्यु भएको टीकापुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

धनगढीका ८४ वर्षीय पुरुषमा भने कडा प्रकारको निमोनिया देखिएको थियो ।

शुक्रबारदेखि अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको सोमबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।