उपत्यकामा थपिए १४२८ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण देखिएको छ।  योसँगै हालसम्म काठमाडौंमा ७३ हजार २०३, ललितपुरमा १० हजार ३५४ र भक्तपुरमा ६ हजार ५९८ संक्रमित भएका छन्।

गत २४ घण्टामा २ हजार ५ सय ७१ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ जना पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार १ सय ७४ सक्रिय संक्रमित छन्। नेपालमा हालसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ। हाल ९ सय ६७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।