१६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले १६ लाख रूपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

ना ६४ प ९०५६ नम्बरको मोटरसाइकलमा सवार भारत विहारको रक्सौल निवासी कृष्णकुमार जैनको साथबाट प्रहरीले १६ लाख रूपैयाँ बरामद गरेको जनाएको छ ।

उनलाई वीरगन्ज महानगरपालिका ७ माईस्थान अगाडिबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजित कुँवरले जानकारी दिए ।

उनका अनुसार अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको छ भन्ने खबर प्राप्त भएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको रकम बरामद गरेको हो ।