बैतडीमा चितुवाको आक्रमणबाट किशोरीको ज्यान गयो

बैतडी । चितुवाको आक्रमणबाट बैतडीकी एक किशोरीको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका–४ की माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको हो ।

सोमबार दिउँसो डडल्धुराको भागेश्वर गाउँपालिकाको मर्मागाड जंगलमा घाँस काटिरहेको अवस्थामा उनलाई चितुवाले आक्रमण गरेको र घटनास्थलमै ज्यान गएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए ।

उनका अनुसार शिवनाथ र डडेल्धुरकाको भागेश्वर वारीपारी भएकोले घाँसदाउरा गर्न यताका स्थानीय उतै जाने गरेका छन् । ठूलो जंगल पर्ने भएकोले स्थानीयहरु त्यहाँ जाने गरेका उनले बताए ।  आइतबार पनि त्यही जंगलमा डडल्धुराका १२ वर्षका बालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो।