ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको बैठक माग गर्ने चार नेतालाई अपराहृन ४ बजे सचिवालयका धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएका छन् ।

त्यसअघि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

भेटमा पार्टीमा देखिएको विवाद र सचिवालय बैठकबारे छलफल हुने बताइएको छ ।