भरुवा बन्दुकसहित एकजना पक्राउ

दमौली । तनहुँको भीमाद नगरपालिका २, बन्दीछापबाट भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही वडाको सिमलबोटका ६० वर्षीय टुकबहादुर थापा छन् । प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो ।

उनको साथबाट एकनाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाविरुद्ध हातहतियार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।