उपत्यका कोरोना अपडेट : थप १४२० कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार तीमध्ये ६ सय तीन जना महिला र आठ सय १७ जना पुरूष रहेका छन् ।

मन्त्रालयको अनुसार काठमाडौंमा मात्र होम आइसोलेशनमा ११ हजार ३९३ जना कोरोना संक्रमित छन् भने भक्तपुरमा १८ सय १४ जना रहेका छन् ।

यस्तै ललितपुरमा १८ सय ३१ जना कोरोना संक्रमित होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।