वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा । वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी कन्काइ नगरपालिका ३ घर भइ हाल काठमाडौं महानगरपालिका ३५ बस्दै आएका ३६ वर्षीय सौरभ उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।

बैदेशिक रोजगार न्यायाधिकरणको ०७४ असार ६ गतेको फैसलाले बैदेशिक रोजगार कसुर मुद्दामा १ वर्ष ६ महिना कैद तथा १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई वारदात पश्चात फरार रहेका उप्रेतीलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो ।

उप्रेतीलाई बुधबार जिल्ला अदालत भद्रपुर झापामा उपस्थित गराई अदालतको आदेशले फैसला कार्यान्वयनको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।