अमेरिकामा एकैदिन १.३६ लाख कोरोना संक्रमित थपिए

एजेन्सी । अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या असाध्यै तीब्र गतीमा बढिरहेको छ ।

बुधबार संक्रमितको संख्यामा नयाँ रेकर्ड स्थापित भएको छ । यहाँ एकैदिन एक लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् ।

यस्तै, चीनमा केही दिनको राहतपछि बिहिबार पुनः १५ नयाँ संक्रमित भेटिएका छन् ।