उच्च रक्तश्रावले ३० वर्षीया सुत्केरीको मृत्यु

डोटी । दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको उच्च रक्तश्रावले मृत्यु भएको छ ।

चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिएकी उनको रक्तश्राव नरोकिएपछि सेती प्रादेशिक अस्पताल सिफारिस गरिएको थियो ।

प्रादेशिक अस्पतालमा समेत उपचार गर्दा रक्तश्राव नरोकिएको उनको मृत्यु भएको स्थानीयवासी योगेन्द्र कठायतले जानकारी दिए ।

नवजात शिशुको अवस्था भने सामान्य रहेको चिकित्सकले जनाएका छन् । मृतकका अरू दुई छोरी पनि छन् । ती महिलाको बुधबार नै अन्त्येष्टि गरिएको घरपरिवारले जनाएको छ ।