पूर्वमन्त्री गौतमको निधन

तनहुँ । पूर्वमन्त्री भीमप्रसाद गौतमले निधन भएको छ ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गौतमको ७२ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो ।

करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा राखिएको थियो ।

उनको आजै देवघाटमा दाहसंस्कार गर्ने अन्तिम तयारी भइरहेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए ।

उनी भूमिसुधार मन्त्री एवं संविधानसभा सदस्य पनि भएका थिए ।उनका श्रीमती, दुई छोरा र चार छोरी छन् ।