उपत्यका कोरोना अपडेट : थप ९७३ जना कोरोना संक्रमित

काठमाडौं । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४५ पुरुष र ४२८ जना महिला संक्रमित थपिएका हुन ।  यो अवधिमा काठमाडौंमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर भने बिहीबार १९१३ जना संक्रमित थपिएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमतिको कुल संख्या २ लाख ४ हजार २४२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १८९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ जना पुगेको छ ।

यस्तै देशभर हालसम्म ३८ हजार ४६१ जना सक्रिया संक्रमित रहेका छन् ।