साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले वुद्धि

काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । बुधबार २८ अंक भन्दा धेरैले बढेको नेप्से बिहीबार १० दशमलव ८२ अंकले बढेर १ हजार ७ सय १८ दशमलव ४९ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.२७ अंकले बढेको छ । योसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ४ अर्ब ९ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ८२ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

दिनभर भएका ४९ हजार २ सय ७८ कारोबारबाट १ सय ९८ कम्पनीक १ करोड ६२ लाख ८६ हजार ५ सय ५१ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब २५ करोड ६४ लाख ७५ हजार ८ सय ९१ रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक तथा कारोबार रकममा समेत वृद्धि देखिए पनि धेरै लगानीकर्ताहरुले गुमाएका छन् । नेप्सेमा कारोबार हुने बैंकिङ उपसमूह १०.२१ अंकले बढेको छ भने व्यापार १६४.७१ अंकले बढेको छ ।

यसका साथै निर्जिवन बिमा उपसमूह र म्चुअल फण्ड पनि बढेको छ भने अन्य सबै उपसमूह घटेको छ ।