सम्झना बिकको परिवारलाई सरकारको ३ लाख आर्थिक सहयोग

काठमाडौं । बलात्कारपछि हत्या गरिएको बझाङकी १२ वर्षीय सम्झना बिकको परिवारलाई सरकारले ३ लाख आर्थिक सहायता प्रदाने गर्ने भएको छ

यही कात्तिक २० गते बसेको मन्त्रिपरिषदको बैठकले बालिकाको परिवारलाई राहतस्वरुप ३ लाख आर्थिक सहायता दिने निर्णय गरेको हो ।

गत असोज ७ गते साँझ गाईबस्तुलाई घाँस हाल्न गएकी मस्टा गाउँपालिका– २ की सम्झना निर्वस्त्र अवस्थामा मृत भेटिएकी थिइन् ।

बलात्कारपछि सम्झनाको हत्या गरेको आरोपमा राजेन्द्र बोहोरा पक्राउ परेका छन् । बोहोराले त्रिसुलले हानेर सम्झनाको हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।