३ महिना भित्र नेपालमा डेढ लाख कोरोना संक्रमित थपिने : स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोरोना संक्रमणको तीव्रतासँगै चार महिनामा संक्रमिमतको कुल संख्या ४ लाख पुग्ने प्रक्षेपण गरिएको छ ।

आगामी ३ महिनामा सामान्य अवस्था रहेमा पनि कम्तीमा डेढ लाख नयाँ संक्रमित थपिने जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको द्रुत कार्ययोजनाअन्तर्गत माग महिनासम्म डेढ लाख संक्रमित थपिने उल्लेख छ ।