उपत्यका कोरोना अपडेट : थप १२०७ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप १ हजार २०७ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमित हुनेमा ५२६ महिला र ६८१ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० गरी १ हजार २०७ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै पछिल्लो २४ घण्टामा देशभर २ हजार १११ जनामा कोरोना पुष्टि भएको मनत्रालयले जनाएको छ।