भूवन सापकोटा र जुना शिरिशको स्वरमा ‘बाजा तालमा’

काठमाडौं । मंसिर महिना लागेसंगै बिहेका लगनहरु पनि जुर्दै छ । यही बिहेका लगनहरु तथा लगनका महिनाहरुलाई लक्षित गरि बिहेका भाकाहरु बजारमा आएका छन् ।

कोरोना महामारीलाई मध्यनजर राख्दै भरर्खरै मात्र नेपलीहरुले आफ्नो महान पर्व वडादशैं र तिहार मनाएका छन् । अब फेरी यो बिबाह तथा लगनहरु पनि कोरोना कहरमै सम्पन्न गर्न बाध्य छन् ।

यही कोरोना कहरमै नयाँ पञ्चेबाजा गीत ‘बाजा तालमा’ बजारमा आएको छ । गीतमा गायक भूवन सापकोटा र गायिका जुना शिरिश मगरको स्वार रहेको छ ।

जसमा शब्द तथा संगीत भूवन सापकोटाको नै रहेको छ, भने बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोतर्फ सिर्जन बरालको निर्देशनमा निर्माण तय भएको छ ।

जसमा पछिल्लो समयका निकै फुर्तिला मोडल निर्मल क्षेत्री र अर्की महिला मोडल पुजन घिमिरेको नृत्य तथा रोमान्स् देख्न सकिन्छ । म्युजिक भिडियोलाई सिर्जन बरालले नै छांयाकन गरेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका हुन् ।

‘बाजा तालमा’ गीतको म्युजिक भिडियोलाई गायकद्वाय भूवन सापकोटाको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।