साकुरा सेभिङ्ग को–अपरेटिभको यो आर्थिक बर्षको नाफा करिब ५४ लाख

काठमाडौं । काठमाडौंको चावहिल, चुच्चेपाटी प्रधान कार्यालय रहेको साकुरा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले मिति २०७७ साल मंसिर १३ गते शनिवारका दिन स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ भच्र्युल माध्यमबाट आफ्नो १३ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाको उक्त साधारणसभामा संस्थाका अध्यक्ष श्री सानुमैया श्रेष्ठले सम्पूर्ण शेयर सदस्यहरु तथा शुभचिन्तकहरुमा संस्थाको तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै संस्थाका कार्यकारी प्रमुख श्री गौरब बहादुर थापाले संस्थाको वित्तिय विवरणहरुको जानकारी गराउनु भएको थियो ।

संस्थाले यो अवधिसम्ममा शेयर पूँजीमा ३०.२८५, निक्षेप संकलनमा ७०.९८५ तथा कर्जा लगानीमा ७३.१७५ ले बृद्धि गरी संस्थाले यो आर्थिक बर्षमा ५३,८८,८२५।– (त्रिपन्न लाख अठासी हजार आठ सय पच्चीस रुपैयाँ) खुद नाफा आर्जन गर्न सफल भएको जानकारी कार्यकारी प्रमुख गौरब बहादुर थापाले गराए ।

साथै संस्थाले पुरानो कार्य समितिमा केही हेरफेर गरी श्री विनोद कुमार श्रेष्ठको अध्यक्षता रहने गरी निर्वाचनको माध्यमबाट नयाँ कार्य समिति चयन गरेको छ । र्