२४ घण्टामा विश्वमा ७ हजार ८३७ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ७ हजार ८३७ संक्रमितको मृत्यु भएको छ ।

हालसम्म विश्वमा १४ लाख ६५ हजार १४४ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ५३ हजार १७० संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विश्वमा ६ करोड २८ लाख ४४ हजार ८३७ जनामा कोरोना संक्रमण देखिसकेको छ ।