शितलहर र हिमपातबाट हुने क्षति न्यूनीकरणका लागि योजना बनाउन गृहको निर्देशन

काठमाडौं । काठमाडौं उपत्यकाको आज विहानको न्यूनतम तापक्रम ६।६ डिग्री सेल्सियस रहेको छ । दिउँसो यो तापक्रम बढेर १९ देखि २१ डिग्री सेलिसिय पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

“आज काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा मौसम सफा रहने र घाम लाग्ने छ,” मौसमविद् मञ्जु वासी भन्छिन्, “तर, एक नम्बर प्रदेश र वागमती प्रदेशका केही स्थानमा भने आंशिक बदलीको सम्भावना रहेको छ ।”

मध्ये तराईका केही जिल्लामा अहिले ९विहान० हुस्सु लागे पनि ११ बजेसम्म हट्ने उनको भनाइ छ ।

विभागले मौसममा बदली र हुस्सु लाग्न सुरुभएसँगै तापक्रमममा कमी आउँदा चिसो बढ्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैबीच, संघीय सरकारका गृहमन्त्रीले शितलहर र हिमपातबाट हुने मानवीय क्षति हुन नदिन आवश्यक योजना बनाउन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री रामबहादुर थापाले मंगलबार शीतलहर, हिमपातबाट हुने जोखिम रोक्न आवश्यक पूर्वतयारी र प्रतिकार्य योजनाका साथ समन्वयात्मक रुपमा अघि बढ्नुपर्ने आवश्यकता रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिलाई निर्देशन दिएका छन् ।

जनधनको क्षति न्यूनीकरण गर्ने योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।

उनले कार्य क्षेत्रमा खटिने निकायलाई साधन सम्पन्न गराउने कुरामा सरकार गम्भीर रहेको प्रष्ट पारे । हिमपात र शितलहरलाई सामना गर्न हिमाली क्षेत्रमा आवश्यक पर्ने लत्ताकपडा तथा साधन स्रोतको व्यवस्थापनमा लाग्नुपर्नेमा उनको जोड छ ।