एकतिहाई बालबालिकामा कोरोनाको कुनै लक्षण देखा पर्दैन

एजेन्सी । एकतिहाई बालबालिकामा कोरोना संक्रमणको कुनै लक्षण देखा नपरेको पाइएको छ । एक क्यानडाली अनुसन्धानकर्ताले संक्रमित एक तिहाई बालबालिकामा कोरोनाको लक्षण नै नदेखिने दाबी गरेका हुन् । क्यानेडाली मेडिकल एसोसियसनको जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार हाल कोरोना भाइरस संक्रमण भएका बच्चाहरुको सवालमा देखाइएको डाटा वास्तविक डाटाको एक अंश मात्र हुनसक्ने जनाइएको छ ।

अनुसन्धानले क्यानडाको अल्बर्टाका २ हजार ४ सय ६३ जना बालबालिकाहरुको नतिजा विश्लेषण गरेको थियो, जो महामारीको पहिलो लहरको दौरानमा (मार्चदेखि सेप्टेम्बरमा) संक्रमित भएका थिए । उक्त अनुसन्धानका सह लेखक फिनले म्याकलिस्टरले भने– ‘जनस्वास्थ्यको बारेमा सबैभन्दा ठूलो चिन्ताको विषय यो होकि समुदायमा धेरै मानिसहरु छन्, जो कोरोना संक्रमित छन् र तिनीहरु आफैं यसबारेमा अनजान रहेका छन् ।’

प्रमाणको रुपमा उनले भनेको अल्बर्टा प्रान्तमा प्रतिदिन १२०० सय भन्दा बढी कोरोना पोजेटिभ केस देखिन्थ्यो । त्यसैले यो सप्ष्ट हुन्छ कि प्रायः जस्तो व्यक्तिहरु संक्रमणबारे सचेत छैनन् र तिनीहरुले मानव समुदाय बीचमा फैलाइरहेका छन् । उक्त अनुसन्धानमा २४ सय ६३ बालबालिकाहरुको नतिजा विश्लेषण गरिएको थियो ।

जसमा १९८७ जनामा कोरोना पोजेटिभ पाइएको थियो भने ४७६ जनाको नतिजा नेगेटिभ आएको थियो । पोजेटिभ केस भेटिएका ७१४ जना बालबालिकाहरुमा भने कुनै संक्रमणको संकेत समेत देखिएको थिएनन् । ।