नवलपरासी पश्चिममा १० लाख बढीको अवैध सामग्री वरामद

बुटवल । नवलपरासी (पश्चिम) प्रहरीले पिकअप जिपसहित १० लाखभन्दा बढी मूल्य बराबरको अवैध सामग्री पक्राउ गरेको छ ।

तस्करीमा संलग्न जिपसहित अन्दाजी १० लाख ५१ हजार मूल्य बराबरको अवैध मालसमान पक्राउ गरि आवश्यक कारवाहीकालागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको बुधवार त्यहाँका प्रहरी प्रबक्ता डिएसपी राजु लामाले जानकारी दिए ।

उनका अनुसार भारतबाट भन्सार छली गरि ३ लाख १३ हजार २ सय मुल्य बराबरको दुई बोरामा राखिएको ५ सय २२ थान छालाको पेटी –९बेल्ट ० बरामद गरिएको हो ।

त्यस्तै, भारतबाट अवैध रुपमा नेपालतर्फ आउँदै गरेको लु १ च ६४१३ नम्वरको पिकअप जिपमा सय वटा दुई क्वीन्टल बोईलर कुखरा प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले सुस्ता गाउँपालिका –५, टुटहवा पुलबाट नियन्त्रणमा लिएको थियो ।

उक्त कुखराको मूल्य अन्दाजी ३८ हजार र गाडीको मूल्य अन्दाजी ७ लाखसहित नियन्त्रणमा लिई चालक सहित महेशपुर पशु क्वारेन्टा कार्यालयमा बुझाईएको डिएसपी लामाले बताए ।